Lumbini Rise
नेपाली कांग्रेस रूपन्देही २ को सभापतिमा प्रजापाल गिरी विजयी

बुटवल -  नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ को सभापतिमा प्रजापाल गिरी प्यानलसहित निर्वाचित भएका छन् ।

पार्टीको १५औं महाधिवेशन अन्तर्गत बिहीबार भएको अधिवेशनमा गिरीले प्रशन कोइरालालाई १५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

अधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि गिरी र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए । शुक्रबार बिहान सकिएको मत परिणाम अनुसार गिरी ४८५ मत पाएर निर्वाचित भएका हुन् । सभापतिका प्रतिस्पर्धी कोइरालाले ३२८ मत पाएका छन् ।

यसैगरी क्षेत्रीय सचिवमा छाया पोखरेल ४५९ मत पाएर निर्वाचित हुंदा कोइराला प्यानलका चोलाप्रसाद पाठकले ३३१ मत पाएर पराजित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update