बुटवल हस्पिटल प्रालीमा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु
आइतबार, साउन ४, २०८२
उपचार पश्चात २ / ३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको छ । आजभोली खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोज भेनका बिरामीहरु पनि बढ्दै गएका छन् ।
उनिहरुका लागि लेजर प्रविधिमार्फतको उपचारले सहजता हुने भएकोले लेजर मेशिनबाट उपचार शुरु गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए ।