निर्माता अविरलले ल्याए नौलो तीज गीत
बुधबार, भदौ ३, २०८३
बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाईसक्यो’बजारमा ल्याएका छन्। चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेकाछन् भने शव्द स्वयं थापाकै रहेको छ। सो गीतको भिडियोलाई हाल छायांकनमा रहेको चलचित्र जुबाकी लेखक वर्षा पौडेलले निर्देशन गरेकी छिन् ।


-1792055189.jpg)