प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता : भोली उपाधिका लागि भिडन्त हुने
सोमबार, भदौ ८, २०८३
बुटवल - प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ ।सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता भइरहेको हो । मंगलबार (भोली) विहान सेमिफाइनल खेलहरू सम्पन्न भएपछि फाईनल प्रतिस्पर्धा हुनेछ ।

-1787584200.jpg)
