नविन माविले चुम्यो प्रथम ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि
मंगलबार, भदौ ९, २०८३
बुटवल - बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माबि बनेको छ । मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नविनले उपाधिसंगै नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता सैनामैनाले भने नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । नविनका तर्फबाट समूह ए र बि गरी दुई टिम प्रतिस्पर्धामा उत्रेको थियो । समूह बिले उपाधि चुमेको हो ।


