७ करोडको लगानीमा बुटवल तामनगरमा ब्याडमिन्टन हल निर्माण गरिने
शनिबार, साउन ३, २०८२
बुटवल- बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल निर्माण हुने भएको छ। बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भएको छ । झन्डै ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुविधा सम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन गर्न सकिने छ।