लुम्बिनी बौद्ध विश्वविद्यालय शैक्षिक सुधारको माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण-पत्र
शुक्रबार, असोज १६, २०८३
बुटवल - लुम्बिनी बौद्ध विश्वविद्यालयमा शैक्षिक अनियमितता बढेको भन्दै लुम्बिनी बचाउ महाअभियानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पाेखरेललाई ध्यानाकर्षण-पत्र बुझाएको छ। महाअभियानका संयोजक अकरम खाँको नेतृत्वमा लुम्बिनी बाैद्ध विश्वविद्यालयमा आएका मन्त्री पाेखरेल समक्ष ध्यानाकर्षण-पत्र बुझाइएको हो । अभियानले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र प्राज्ञिक मर्यादा कायम गर्न विभिन्न विषयमा छानबिन र सुधारको माग अघि सारेकाे छ।


