बुटवल- अंग्रेज फौजलाई हराएको ऐेतिहासीक सम्पदास्थलको रुपमा परिचीत नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले स्थलगत भ्रमण गरेका छन् ।
पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढीमा भारतको विभिन्न सन्चार गृहमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको टोलिले भ्रमण गरेका हुन् ।
जि न्यूज टेलिभिजन भारतका बरिष्ठ संवाददाता समेत रहेका महाराजगन्ज प्रेस क्लब उत्तर प्रदेशका अध्यक्ष अमित त्रिपाठीको नेतृत्वमा रहेका २३ सदस्यीय भारतीय पत्रकारहरुको प्रतिनिधी मन्डलले नेपाल र भारतको ऐतिहासीक सम्बन्धमा महत्वपुर्ण योगदान दिएका विभिन्न स्थलहरुको भ्रमण गरेका हुन् ।
भारतीय मूलधारका मिडीया जि न्यूजका बरिष्ठ सम्बाददाता अमित त्रिपाठी, आजतक टेलिभिजनका अमितेश त्रिपाठी, हिन्दूस्तान दैनिकका आलोक जोशि, डिडि न्यूज टिभिका रोहित त्रिपाठी, दैनिक भास्कर पत्रिकाका सुदेश त्रिपाठी, इन्डीया न्यूज टिभिका अजय जैसवाल, अमर उजला दैनिकका दिनेश जयसवाल, एबिपी न्यूज टिभिका अमितेश गुुप्ता, सि न्युज टिभिका अंगद शर्मा लगायत २३ सदस्यीय पत्रकारहरुलाई नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनी सहयोगमा ऐतिहासीक सम्पदा स्थल र हिल स्टेशनहरुको भ्रमण गराईएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।
नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीले भारतीय पत्रकारहरुलाई पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढी जहाँ दशकौसम्म भारतमा साशन गरेका अंग्रेजहरु नेपालमा कसरी हार ब्यहोरेका थिए भन्ने ऐतिहासीक जानकारी सहित फार्म ट्रिप गराएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताए । भारतीय पत्रकारहरुलाई पाल्पाको नुवाकोट गढी र रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क फुलबारीमा ईतिहाँसका जानकार समेत रहेका पर्यटन ब्यवसायी माधब नेपालले विरगाथा बताएका थिए । पर्यटन ब्यवसायी नेपालले हजारौको संख्यामा रहेका अंग्रेज फौजलाई सीमित सेना सहित बसेका तत्कालिन कर्णेल उजिरसिंहले युद्ध कौशलता अपनाउँदै पराजित गरेको वीरकथा सुुनाउँदा भारतीय पत्रकारहरु दङ परेको हिन्दूस्तान दैनिकका बरिष्ठ सम्बाददाता आलोक जोशिले बताए ।
सीमावर्ति सहर नौतनवा, कोल्हुुई, महाराजगन्जमा तापक्रम ४० डिग्रीको हाराहारीमा हुुँदा सुुनौलि बोडरबाट करिब एक घन्टाको दुरीमा रहेको पाल्पाको नुुवाकोट गढीमा ३० डिग्रीको तापक्रममा प्राकृतिक मनोरम दृश्य हेर्दै हिल स्टेशनको आनन्द लिन पाउनुु उत्तर प्रदेशका सबै भारतीयहरुकोलागि खुुसीको विषय भएको इन्डीया न्यूज टिभिका अजय जैसवालले बताए ।
भारतीय पत्रकारहरुलाई बुुटवलको जितगढीमा बुुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पान्डेले स्वागत गर्दै जितगढी किल्लाको बर्णन गरेका थिए । करिब एक घन्टा जत्ति उक्त किल्लामा रहेका ऐतिहासीक सम्पदा स्थल, ग्रेटर नेपालको नक्सा, युद्ध कौशल सहितको चित्रावलि, सहिद पार्क तथा उजिर सिंहको कथा , बटौलिको पुरानो कथा समेत बर्णन गर्दा भारतीय पत्रकार समेत दङग परेको पर्यटन ब्यवसायी समेत रहेका नाट्टा लुम्बिनीका पुर्व अध्यक्ष सागर अधिकारीले बताए ।
अधिकारीले भने, ‘भारतबाट आएका पत्रकारहरु नजिकैको ऐतिहासीक सम्पदा स्थल त्यसमा भारतमा बर्षौ साशन गरेका अंग्रेजहरुले हार ब्यहोरेका किल्ला, गढीको कथा सुुन्दा दङ थिए । माधब नेपाल दाई र बुुटवलका मेयर सापले फील्मको कथा सुुनाए झै सरररर..... वीर गाथा सुनाउँदा उनीहरु दङ परेर सुुनिरहेँ । मैले नजिकबाट हेरिरहेँ, उनीहरुको हाऊभाऊ र सुनाई गज्जब हेर्न लायक थियो ।
भारतलाई उपनिवेश बनाएका अंग्रेजहरुले नेपालमाथि हमला गर्नेगरी वि.सं. १८७२ वैशाख ७ गते बुुटवलमा आक्रमण गरेका थिए । तत्कालिन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले शक्तिशाली अंग्रेज सेनालाई पराजित गरी ऐतिहासिक विजय हासिल गरेको ठाउँको रुपमा जितगढी परिचीत रहेको छ । नेपाल–अंग्रेज युद्धका बेला देशको सार्वभौमिकता जोगाउन लडेका वीर गोरखा सैनिकहरूको शौर्य र बलिदानको गाथासँग यो किल्ला जोडिएको छ ।


-1787849752.jpg)