देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा
शुक्रबार, पुस २५, २०८२
रूपन्देही- मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ। यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने भएको हाे।


