लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र शुभारम्भ
शनिबार, जेठ १७, २०८२
बुटवल–लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्र शुभारम्भ गरिएको छ । रक्तसञ्चार केन्द्रको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुभारम्भ गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताए । उनले निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताए।