नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर : समाजवादी मोर्चा
मंगलबार, जेठ २०, २०८२
पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आएपछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्बारा हस्ताक्षरित विज्ञप्तिमा सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा र अन्य नाममा नापजाँच भन्दा बढीनदीजन्य पदार्थको दोहोन भइरहेको भन्दै तत्तकाल बन्द गर्न माग गरेका हुन ।