लुम्बिनी प्रदेशमै पाल्पामा डेंगु संक्रमित धेरै, २ महिना नपुग्दै २३१ जनामा संक्रमण
आइतबार, भदौ २१, २०८३
पाल्पा - पाल्पामा यो आर्थिक वर्ष मात्रै २३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनाको २० गतेसम्ममा २३१ जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्यांक लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो । यो आर्थिक वर्ष सुरु भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ्ग भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मुधुसुधन भट्टराईले जानकारी दिए ।


