तिलाेत्तमा कुञ्जपार्कमा बन्याे म्युजिकल वाटर फाऊण्टेन, नगरप्रमुख र उपप्रमुखले गरे समुद्घाटन
मंगलबार, कात्तिक १०, २०८३
बुटवल - रुपन्देहीको तिलोत्तमा-६ कुञ्जलापुर स्थित कुञ्ज पार्कमा सोमबार म्युजिकल वाटर फ़ाऊण्टेनको समुद्घाटन गरिएको छ ।समुद्घाटनको अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले कुन्जपार्कसंगै तिलोत्तामाका अन्य पर्यटकीय क्षेत्र बनबाटिका, बाऊन्नकोटी, जमुहानी पार्क, जस्ता गर्विलो पार्कहरुलाई जोड्दै पर्यटकलाई सबै पार्क घुमाउन उत्सुकता जाग्ने गरि तिलोत्तमा नगरपालिकाले पर्यटनको आधार वृद्धि गर्न पार्कमा लगानी गरिएको बताए ।


