समाजलाइ अगाडि बढाउन पत्रकाहरु सचेत हुने बेला आयाे : सुर्दशन बराल
बुधबार, जेठ २८, २०८२
बुटवल - प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपमहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मङ्गलवार भएको समापन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरूले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी बढाउन पत्रकारहरू सचेत हुनु पर्ने बताए । शासकहरू दलाल बिचौलियाको प्रभावमा परेर श्रमजीवी वर्गको रोजीरोटी खोस्न उद्धत रहेको बताउँदै श्रमजीवी वर्गको पक्षमा कलम चलाउन आग्रह गरे ।