लुम्बिनी प्रदेशको बजेट : जेन् जी पुस्तादेखि समृद्धि हासिल गर्ने योजना
मंगलबार, असार ३, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२-८३ को बजेटले विभिन्न क्षेत्र समेटेको छ । सरकारले आर्थिक वर्ष २०८२-२०८३ क लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो बजेटले प्रदेशको समृद्धिको सम्भावना बोकेको छ । यो बजेट नीति तथा कार्यक्रमको जगमा तयार पारिएको छ । नीति तथा कार्यक्रम एउटा, बजेट अर्के बन्ने प्रवृत्तिलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले अन्त्य गरेको छ । नीति तथा कार्यक्रमकै जगमा उभिएर सरकारले प्राथमिकताको आधारमा बजेट सार्वजनिक गरेको हो ।