लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएकाे बैठक स्थगित
शनिबार, असार ७, २०८२
बुटवल – लुम्बिनी प्रदेशसभाको आज (शनिबार) का लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । छैटौँ अधिवेशन अन्तर्गत आज विहान ११ बजे बैठक बस्ने तय भएको थियो । तर, प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाले सूचना जारी गरेर जनाएको हो । आज बस्ने भनिएको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो ।