आफ्नै जग्गा टोल समितिले हडप्न खोजेको गुनासो
आइतबार, असार ८, २०८२
बुटवल- बुटवल १७ रानीगञ्जमा व्यक्तिको जग्गालाई केही व्यक्तिहरुले टोल समितको नाममा कब्जा गर्न खोजेको पिडितहरुले गुनासो गरेका छन् ।आईतबार रानीगञ्ज स्थित जग्गा परिसरमा समाजका अगुवाहरुलाई राखेर जनमाया पुलामी र भूमिका सोमैले मेहनतले २०७४ सालमा अव्यवस्थित बस्तीको जग्गा खरिद गरेको बताउँदै आफुहरु अन्यायमा परेको गुनासो गरेका हुन् । बस्ती नबस्दै २०६४ सालमा स्थानीय हरीलाल न्यौपानले २०६२ सालमा राजेश श्रेष्ठबाट एक लाख ६० हजार रुपैयाँमा जग्गा खरिद गरेको, त्यही जग्गा २०६४ सालमा तुलबहादुर सारुले खरिद गरी २०७४ मा जनमाया र भूमिकाले एक कठ्ठा जग्गा खरिद गरेको बताएका छन् ।