मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल
बिहीबार, असार १२, २०८२
बुटवल– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गराउन अपिल गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने तयारी सुरु गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको हो । सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले एक सुचना जारी गरी रिक्त भएका पदमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा हुने तयारी भैरहेको हुँदा नामावली दर्ता गर्न आग्रह गरिएको छ ।