नेपाल किसान महासंघ लुम्बिनीले मनायो राष्ट्रिय धान दिवस
आइतबार, असार १५, २०८२
बुटवल- नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश, जिल्ला कार्यसमिति रुपन्देहीले २२ औं राष्ट्रिय धान दिवसको अवसरमा आइतबार बुटवल उप–महानगरपालिका–१९ मा धान रोपाइँ गरेर दिवस मनाएको छ ।किसान राजेन्द्र क्षेत्रीको खेतमा रोपाइ गरिएको हो । सो अववसरमा बोल्दै नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले देशलाई कृषिमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्नेमा जोड दिए ।