विपक्षी सांसहरु नै सहभागी नभएपछि लुम्बिनी प्रदेशसभा पुन: स्थगित
मंगलबार, असार १७, २०८२
बुटवल – लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ । मंगलबारको पहिलो बैठकमा बजेटबारे विपक्षी दलहरुले विरोध गरेपछि आधाघन्टाका लागि बैठक स्थगित भएको थियो ।
त्यसपछि करिव डेढ घन्टापछि बसेको बैठकमा प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।