संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चले गर्यो सदर
बिहीबार, असार १९, २०८२
काठमाडौं – चार वर्षअघि भएको ५२ जना पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। केपी शर्मा ओलीको नेतृत्वमा तत्कालीन नेकपा सरकार रहेका बेला संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायमा दुई चरणमा गरी ५२ पदात्रिकारी नियुक्ति गरिएको थियो । नियुक्ति विरूद्ध परेको रिट सर्वोच्च अदालतले बुधबार मध्यरात बहुमतका आधारमा खारेज गरिदिएपछि ती ५२ जनाको पद जोगिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा मत बाझिएपछि बहुमतका आधारमा निर्णय गरिएको थियो। मल्ल, शर्मा र चुडाल गरी तीन जनाले नियुक्ति सदरका पक्षमा फैसला गरेका थिए भने प्रधानन्यायाधीश राउत र सुवेदीले फरक मत राखे। पहिलो पटकको नियुक्ति बदर गरी दोस्रो पटकको सदर गर्ने उनीहरूको राय थियो। इजलासको राय बाझिएपछि बहुमतका आधारमा नियुक्ति सदरको फैसला भयो।