यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने
सोमबार, असार २३, २०८२
लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।
कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको लागी गत शुक्रबारनै फ्रान्स पुगेका हुन् ।
बैठकको पुर्व तयारीको लागि फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागी भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितको विभिन्न देशका कुटनैतिक नियोगका प्रमुख, तथा विभिन्न संस्थाका प्रमुखहरु सग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा. लामाले भेटवार्ता तथा छलफल जारी राखेका हुन् ।