चुनावमा अन्तर्घात गरेको भन्दै लुम्बिनीका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्कासित
बुधबार, असार २५, २०८२
बुटवल– नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् ।