बुटवल उपमहानगरको आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित
बुधबार, असार २५, २०८२
बुटवल- बुटवल उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। बुधबार नगर सभाको १७औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सर्वसम्मत पारित गरेको हो। बजेटसँगै बुटवल उपमहानगरपालिकाको सभाले बुटवल उपमहानगरपालिकाको स्थानीय सवारी साधन व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, भाषा, संस्कृति र ललितकलासम्बन्धी विधेयक पारित गरेको छ।