सिद्वार्थनगरको नीति तथा बजेट सर्वसम्मतले पारित
शुक्रबार, असार २७, २०८२
भैरहवा- रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट नगर सभाबाट पारित भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको हो । जसमध्ये ४४ दशमलब ४ प्रतिशत चालूतर्फ र ५५ दशमलब ६ प्रतिशत पूँजीगततर्फ विनियोजन गरिएको छ।