वनमार्फत खोल्सा-खोल्सी व्यवस्थापन
शुक्रबार, असार २७, २०८२
डिभिजन वन कार्यालय, कपिलवस्तुले नमुना रूपमा सुरु गरेको यो कार्यक्रम सफल भएको बताइएको छ । तीन वर्षअघि बाणगङ्गा नगरपालिकाको कोइली खोला र बाणगङ्गा नदीबाट सुरु भएको व्यवस्थापन कार्यले बाढीजन्य क्षति न्यूनीकरण मात्र होइन, नदीजन्य पदार्थको व्यवस्थापन गरी आम्दानीसमेत गर्न सफल भएको छ । वन डिभिजन कार्यालयले प्रारम्भिक वातावरणीय परीक्षण सामुदायिक वन समूहमार्फत गिट्टी, बालुवा, ढुङ्गा सङ्कलन गराउने गरेको छ । त्यसपछि टेन्डर प्रक्रियाबाट बिक्री गरिँदा अवैध उत्खनन रोकिएको र प्राकृतिक स्रोतको संरक्षणमा मद्दत पुगेको डिभिजन प्रमुख ईश्वरप्रसाद पौडेल बताए।