एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी
आइतबार, असार २९, २०८२
बुटवल– एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार बुटवलमा भएको परिषद् बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा भट्टराई अधिकारीलाई चयन गरिएको छ ।