बुटवल कालिकानगरमा स्कुटर दुर्घटना, पाल्पा पुर्वखाेलाका पुरूषको मृत्यू
सोमबार, असार ३०, २०८२
बुटवल- बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुदा एकजनाको मृत्यू भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो। वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाईसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहान साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।