विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण
सोमबार, असार ३०, २०८२
बुटवल – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ । भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेपछि खरेललाई स्पष्टिकरण सोधिएको हो ।