रुपन्देही ३ मा सामाजिक अभियान्ता ज्ञानु पौड्याल उम्मेदवारीकाे तयारीमा
शुक्रबार, साउन २, २०८२
बुटवल– रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनमा सामाजिक अभियान्ता तथा महिला अधिकारकर्मी ज्ञानु पौड्याल उम्मेद्वारीको तयारीमा जुटेकी छन् । भैरहवा निवासी पौड्यालले जनतामा देखिएको निराशा चिर्दै आशा जगाउने उद्देश्यले उम्मेदवार हुने तयारीमा जुटेको बताएकी छन् । पौड्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार हुने तयारीमा जुटेकी हुन्।