सञ्चार उद्यमी ‘हेमराज’ को हत्यामा संलग्नलाई कारवाहीकाे माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण
शनिबार, साउन ३, २०८२
दाङ- दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्याराई कार्वाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ ।
हेमराजका भाई पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्याकर्षणपत्र बुझाउनु भएको हो ।