राजस्व संकलनमा कावासोती दोस्रो स्थानमा
आइतबार, साउन ४, २०८२
आन्तरिक राजस्व कार्यालय कावासोतीले आर्थिक वर्ष २०८१–८२ मा २९ अर्ब ९५ करोड ३९ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७ दशमलव ७१ प्रतिशतले बढी हो ।
कार्यालयले आव २०८०–८१ मा २५ अर्ब ४४ करोड ५७ लाख ६० हजार रुपियाँ राजस्व संकलन गरेको थियो । आव २०८१–८२ मा अघिल्लो आवको भन्दा ४ अर्ब ५० करोड ८१ लाख ६५ हजार रुपियाँ बढी राजस्व संकलन भएको सूचना अधिकारी ढकालले जानकारी दिए ।