रुपन्देही ३ उपनिर्वाचन कार्यतालिका सार्वजनिक, असोज २१ गते उम्मेद्वार मनाेनयन दर्ता
सोमबार, साउन ५, २०८२
काठमाडौँ– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने कार्यतालिका छ। आयोगद्वारा आइतबार स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।


