एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन
सोमबार, साउन ५, २०८२
काठमाडौँ– नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।


