बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै
मंगलबार, साउन ६, २०८२
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि महत्त्वपूर्ण राजनीतिक नेतृत्व प्रदान गरे।


