आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ : घनश्याम भुसाल
मंगलबार, साउन ६, २०८२
काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।


