मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी
शुक्रबार, साउन ९, २०८२
काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।


