निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ : प्रधानमन्त्री
शुक्रबार, साउन १६, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ ।प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरे।
सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको थियो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोप भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो ।


