एमाले कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको छ : पूर्वमुख्यमन्त्री गिरी
शनिबार, साउन १७, २०८२
बुटवल– लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले एमालेलाई कमजोर बनाउन चौतर्फी प्रहार भइरहेको बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले मुलुकमा अस्थिरता निमत्याउनका लागि एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए । लोकतान्त्रिक आदिबासी जनजाती महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले यस्तो बताएका हुन ।


