बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
मंगलबार, साउन २०, २०८२
हेटौँडा - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन्।


