अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइँदै
मंगलबार, साउन २७, २०८२
बुटवल- विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । 'दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू' भन्ने मूल नाराका साथ नेपालमा पनि आज यस बर्षको युवा दिवस मनाइँदैछ । समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् ।


