हामीसँगै: मौन सम्बन्धमा चिच्याएका आवाजहरू
शनिबार, साउन १७, २०८२
हामी प्रायः सामाजिक यथार्थका कुराहरु राजनैतिक विमर्श, आर्थिक समीकरण वा कानुनी संरचनामा सीमित गर्दै आइरहेका छौँ। तर सामाजिक परिवर्तनको जरो कहिलेकाहीँ घरको भित्तामै रोइरहेकी एक महिला वा मौन भएर चिया पिउँदै गरेका एक पुरुषको आत्मसंघर्षमा लुकेको हुन्छ। रमेश अर्यालको हामीसँगै श्रृंखला, यिनै मौन र अव्यक्त पीडाहरूको बोली हो।