
वुटवल- विपक्षी वामपन्थी पार्टीहरूले कालापानी क्षेत्र भारत र चिनकाे सिमामा व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व आइतबार भैरहवामा विराेध प्रदर्शन गरेका छन् ।
लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारत र चीन बिचमा पुलान-गुन्जीलाई जोड्ने लिपुलेक व्यापारीक नाका खोल्ने गरी भएको व्यापारीक संझौताको बिरोधमा भैरहवा बुद्वचाैकमा विराेध प्रर्दशनगरिएकाे हाे ।
केन्द्रीय कार्यक्रम अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी, नेकपा, राष्ट्रिय जनमाेर्चाले संषुक्त कार्यक्रम गरि उक्त सम्झाैता मान्य नहुने भन्दै विराेध प्रर्दशन गरे ।
उनीहरूले नेपाली भूमिमाथि भारत र चिनले अतिक्रमण गर्न खाेजेकाे भन्दै सरकारले यसमा पहलकदमी गर्न नसकेकाे आराेप लगाए ।
महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेकाले याे सम्झाैता खारेज गर्न विपक्षी दलहरूले माग गरे ।
विराेधसभामा नेकपा माओवादी केन्द्रका नेता हिककुल्लाह खाँ, नेकपाका नेता वसन्त सि, नेकपा एकीकृत समाजवादीका नेता कमल भण्डारी, राष्ट्रिय जनमाेर्चाका नेता बद्रे आलम, नेकपा मसालका नेता लालचन्द्र पन्त लगायतले सम्बाेधन गर्दैसम्झाैताले नेपालकाे सार्वभौमसत्तामाथि दुई छिमेकीले हस्तक्षेप गर्दा सरकार मुकदर्शक बनेकाे आराेप लगाए ।
विराेध प्रर्दशनमा पार्टीका नेता तथा शुभेच्छुकहरूकाे सहभािगता रहेकाे थियाे ।