Lumbini Rise
हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

बुटवल–लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वको अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

मन्त्रालयका उपसचिव तथा प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार हरितालिका तीजको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राखी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । 

IMG-20250825-WA0003-1756107606.jpg


 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update