Lumbini Rise
लुम्बिनीका सभामुख घर्तीद्धारा तीजको शुभकामना 

देउखुरी- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउन जरुरी रहेको जनाउनु भएको छ । 

नेपाली महिलाहरुको महान् पर्व हरितालिका (तिज)को अवसरमा आज शुभकामना सन्देश जारी गर्नु हुँदै उहाँले लुम्बिनी प्रदेश सभाले महिलाहरुलाई आत्मनिर्भर बनाउने नीति तथा कानुनमा प्राथमिकता दिएको र त्यसको लागि पहल गरिहने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

"महिलाहरुको हक अधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानुन निर्माण गर्दै आएको छ । " शुभकामना सन्देशमा उल्लेख छ-" महिलाहरुलाई राजनीतिक नेतृत्वसंगै आर्थिक पहुंचको वृद्धि गरी सबल, सक्षम र आत्मनिर्भर बनाउने गरी नीति तथा कानुन निर्माणको लागि पहल गरिरहेको र पहल गरिहने समेत प्रतिवद्धता व्यक्त गर्दछु । "

यो पर्वले विशेष गरी महिला दिदी वहिनीहरुलाई हरेक दृष्टीकोणले अब्वल र सक्षम बनाउन अभिप्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नु हुँदै  सभामुख घर्ति मगरले यो पर्वले महिलाहरुमा श्रृजनशिल र आत्मनिर्भर सोंचको विकास गर्न प्रेरणा प्रदान गरोस् भनी कामना समेत गर्नु भएको छ । 

राजनीतिक परिवर्तनमा नेपाली वीर महिलाहरुको अतुलनीय अद्धितीय वलिदान र योगदान कै कारण संघीय लोकतान्त्रिक गणतन्त्र  आएको जनाउनु हुँदै उहाँले  तिज पर्वको अवसरमा ति महान चेलीहरुको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नु भएको छ । 

"महान जनयुद्ध, जनआन्दोलन तथा विभिन्न काल खण्डमा भएका आन्दोलन, संघर्ष र क्रान्तिको परिणाम स्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । जहां सदिआंै देखी पछाडी पारिएका महिलाहरुको लागी एउटा सुनौलो भविष्यको आशाको दियो बलेको छ ।" शुभकामना सन्देशमा उल्लेख छ-" राजनीतिक परिवर्तनमा नेपाली वीर महिलाहरुको अतुलनीय अद्धितीय वलिदान र योगदान कै कारण हामी यो व्यवस्थामा आएका छौं । म यो पर्वको अवसरमा ति महान चेलीहरुको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु । "

 उहाँले सधै निराशा र कुण्ठा होईन, आशा र सुनौलो भविष्यको सपना देख्ने सकारात्मक पक्षकोे प्रतिविम्व तिज गितको भाकामा  खुसी र संमृद्धीको लय साट्न सकियोस भन्ने शुभेच्छा  व्यक्त गर्नु भएको छ ।  तिजलाई भड्किलो व्यापारको रुपमा प्रयोग गरिँदैछ । जुन तिजको नाममा हाम्रो समाजमा भित्रिएको नकारात्मक पक्ष हो ।"

उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ-" यस्ता गलत प्रवृति बढ्दै जांदा आर्थिक भार मात्र होइन मौलिक सँस्कृतिमा पनि असर पुगेको छ । तसर्थ तिज पर्वलाई मौलिक पर्वको रुपमा मनाउन म अनुरोध समेत गर्दछु ।"

539498798_1106035731008609_6531062104458279534_n-1756175104.jpg


 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update