
बुटवल- रेडियो जागरण ९३.६ मेगाहर्जका समाचार संयोजक अम्बिका परियारलाई पितृ शोक परेको छ । परियारका पिता पाल्पा रैनादेवी छहरा चहला घर भई हाल रुपन्देही सैनामैना –६ कलौनी निवासी ६६ बर्षिय कृष्ण बहादुर दर्जीको सोमबार निधन भएको हो ।
समाचार संयोजक परियारको पिताको निधनप्रति रेडियो जागरण ९३.६ मेगाहर्जका स्टेशन म्यानेजर विनोद परियारले मंगबार एक शोक वक्तव्य जारी गरी दुःख व्यक्त गरेको छन् ।
‘सहकर्मी अम्बिका परियारको परिवारमा परेको शोकको यस घडीमा रेडियो जागरण परिवार दुःख व्यक्त गर्दछ । दिवंगत वुबा प्रतिहार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं’ शोक वक्तव्यमा भनिएको छ ।
यसैविच राष्ट्रिय दलित पत्रकार सघ रुपन्देहीले पनि पत्रकार परियारकाे पिताकाे निधनमा समवेदना दिएकाे छ । सचिव कृष्ण रणपालले मंगलबार एक विज्ञप्ती जारी गरि संघका सल्लाहकार समेत रहेकी परियारकाे वुवाकाे निधनमा मृतकप्रती श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
लामो समयदेखि दम रोगबाट ग्रसित पिताको सैनामैना कलौनी निवासमै भदौ ९ गते विहान निधन भएको थियो । दर्जीको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । दर्जीको दुई छोरी र तीन छोरा रहेका छन् ।