Lumbini Rise
गुल्मीमा कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी -गुल्मीमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । वर्षाका कारण कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार साँझदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेका छन् । अवरुद्ध उक्त सडक खुलाउने प्रयास भइरहेको छ । कालीगण्डकी करिडोरको गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनौटामा पटकपटक सडक अवरुद्ध हुनेगरेको छ ।

कालीगण्डकी गाउँपालिकाकै वडा नम्बर १,२ र ३ मा मात्रै ८ किलोमिटरको दूरीमा तीन वटा पहिरो खसेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update