
बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले रुपन्देहीका नेता विष्णु पोखरेललाई कारबाही गरेको छ । पार्टी प्रदेश सदस्यले पोखरेलले अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिम्मेवारीबाट हटाएको हो ।
बुधबार उनलाई पदमुक्त गरिए पनि गुपचुप राखिएको थियो । निर्वाचनका बेला रूपन्देही क्षेत्र नम्बर(५ मा पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतकुमार शाहलाई हराउन भूमिका खेलेको भन्दै पार्टी केन्द्रमा पोखरेलविरुद्ध उजुरी परेको थियो ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पार्टी केन्द्रले पदमुक्त गर्न भनेकोले जिम्मेवारीबाट हटाइएको जानकारी दिए । ‘उहाँका विरुद्ध रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी गर्नु भएको थियो । त्यसैकारण पदमुक्त गर्न भनेको हुनुपर्छ’, सभापति पुनले भने ।
रूपन्देहीको सैनामैना नगरपालिका–९ निवासी पोखरेल रूपन्देहीमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०को राजनीतिबाट उदाएका युवा नेता हुन् । २०७९ सालको निर्वाचनमा शाह नेकपा एमालेमा नेता बाशुदेव घिमिरेसँग भारी मतान्तरले पराजित भएका थिए । शाहले आफूलाई हराउन पोखरेलले भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।
२०७४ सालको निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र ९क० बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए । तत्कालीन सत्ता गठबन्धनका बीचमा भएको सहमति अनुसार उक्त निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि पोखरेल उम्मेदवार बन्नबाट वञ्चित भएका थिए ।
आफूलाई जिम्मेवारीबाट हराएको विषय सामाजिक सञ्जालबाट देखेको बताउँदै त्यसले आश्चर्यमा परेको पोखरेलले बताए । आफूलाई अहिलेसम्म आधिकारिक जानकारी नआएको उनी बताउँछन् ।
पार्टीले पोखरेललाई पठाएको पत्रमा भने पार्टीको विधान २०१७ को परिच्छेद ४ धारा १३ को उपधारा १० ९झ० बमोजिम पदमुक्त गरिएको उल्लेख छ ।