Lumbini Rise
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

भैरहवा- लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए। सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update