बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह- लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला

काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् ।
बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्योहाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२ ११:१४
प्रतिक्रिया दिनुहोस्